धनगढीबाट छुटेको कार डडेल्धुरामा दुर्घटना, ४ जना घाइते

spa1
Nisharg hospital

३ असोज, धनगढी । धनगढीबाट दिपायलतर्फ गइरहेको ग इरहेको कार डडेल्धुरामा दुर्घटनामा परेको छ ।

swostik

केआईसिंह राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

kailali model

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले दुर्घटनामा परेर चालक कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐरसहितका चार जना घाइते भएको जानकारी दिए । घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल पुगाइएको भट्टले बताए ।

adv khaptad

घाइते हुनेहरुमा दिपायल बस्ने अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली रहेका छन् । उनीहरु मध्ये नेपालीको अवस्था गम्भीर छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...