सुदूरपश्चिम प्रदेशमा सरकार गठनकाे अन्तिम दिन, नयाँ गठबन्धनले दाबी पेश गर्दै

Rojgar mela

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आइतबार सकिदैछ ।

Nisharg hospital

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएकाे समय आइतबार साँझ ५ बजे सकिने भएपनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन् ।

सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा पुगेकाे नाउपालाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ ।

तर नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएकाे छ ।

गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने जनाएको छ ।नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने गठबन्धनमा आवद्व एक सांसदले बताए ।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चाैधरी र संरक्षक रेशम चाैधरी पक्षले लक्ष्मणकिशाेर चाैधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने भएपछि विवाद छ ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चाैधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुने बताए ।

नाउपाकि अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौपछि धनगढी पुगेपछि सरकारमा दाबि पेश गरिने उनी बताउँछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...