
धनगढी । डडेल्धुरामा दुर्घटनामा परेर घाइते युवकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर २ घर भएका बिक्की भनेर चिनिने विक्रम ऐरको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार डडेल्धुराबाट रेफर गरिएका उनको उपचारका क्रममा धनगढीको मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । ऐरलाई २० चैतमा महेन्द्रनगरबाट डडेल्धुरातर्फ गइरहेको ट्रकले अमरगढी–१ ढुनढुनेमा ठक्कर दिएको थियोे ।
