सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए सपथ

Nisharg hospital
krishi add

धनगढी । १५ बैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ काे (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

swostik

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकाे सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएकाे थियाे ।

भण्डारीले उपनिर्वाचनमा सिंहका छाेरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...