राप्रपा सुदूरपश्चिमले भन्याे-नन्दादेवी शाही पार्टीकाे साधारण सदस्य पनि छैनन्, गतिविधि खेदजनक

Seti
arth ok

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सुदूरपश्चिमले प्रदेश कार्यसम्पादन  समिति सदस्य  नन्दादेवी शाही पार्टीको साधारण सदस्य समेत नरहेकाे जनाएको छ ।

Nisharg hospital

राप्रपाले शाहीले १४ वैशाखमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेको तर हाल पार्टी र पार्टीका नेता कार्यकर्ताहरुलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न नकारात्मक गतिविधि सञ्चालन गरिरहेको भन्दै ध्यानाकर्षण भएकाे जनाएको छ ।

पार्टी प्रवक्ता तथा सुदूरपश्चिम सचिव छत्रकुमार शाहीले विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहेकाे स्पष्ट पार्दै उनले गरिरहेका गतिविधि खेदजनक रहेकाे उल्लेख गरेका छन् ।

HPV

“हाल उहाँ पार्टीको साधारण सदस्य पनि नरहेको जानकारी गराउदै, उहाँले हाल गर्दै आएका खेदजनक गतिविधिप्रति सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायहरु भ्रमित नपर्न यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।” शाहीले भनेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...