
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले फेरि प्रदेश सभा बैठक आह्वान गरेका छन् ।

मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयले उक्त दिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि बोलाइएको यो तेस्रो पटक हो ।
उनले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो ।
अझै पनि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताएका छन् ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय छ ।
