सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता शाहीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Nisharg hospital

प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापाले मुख्य न्यायाधिवक्ता शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Samajik mantralaye

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा शाहीलाई नियुक्त गरेसँगै शनिवार शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री दीर्घ सोडारी, मुख्यमन्त्री कार्यालयका सचिव शिवराम पोख्रेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गाना , प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो ।

शपथ ग्रहण पछि मुख्य न्यायाधिवक्ता शाहीले विधि र कानुनमा टेकेर अगाडी बढ्ने बताए ।

२०३१ साल असोज १० गते नरबहादुर शाही र मानमती देवी शाहीबाट गन्यापधुरा गाउँपालिका डडेल्धुरामा जन्मिएका शाहीले नेपाल ल क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट बिएल पास गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...