कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

Rojgar mela

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

Nisharg hospital

जिल्लाको भीमदत्त नगरपालिका-२ बस्ने २५ वर्षीय लोकेश शाह आइतवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरले २०७९ पुस २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १० दिन कैद सजाय र २ हजार जरिवाना ठहर गरेपछि शाह फरार रहेका थिए।   

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...