
दार्चुला । दार्चुलामा खोलाले बगाउदा दुई जना बेपत्त भएका छन ।

जिल्लाको मार्मा गाउँपालिकाका २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक खोलाले बगाउदा बेपत्ता भएका हुन ।
आइतबार साँझ मुरैस्थित गन्याड खोला तर्ने क्रममा खोलाले बगाउदा उनिहरु दुबै जना बेपत्ता भएका मार्मा गाउँपालिका-५ का वडाअध्यक्ष सुरेन्द्र महताले बताए ।
उनीहरू दुवैको नातामा काकी भतिजा भएको खुल्न आएको छ । भिरालो ठाउँमा माथिबाट ढुंगामाटोसहित आएको खोलाको भेलले उनीहरूलाई बगाएको बताइएको छ ।
उनीहरु बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलमा गएको प्रहरिले जनाएको छ । अहिले प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेको छ ।
