
कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका–७ का २८ वर्षीय प्रेम ठकुल्ला र २५ वर्षीय किरण बोहरा पक्राउ परेका हुन्।
आइतबार दुबै जनालाई ०.३२ ग्राम लागूऔषध (खैरो हेरोईन) र मोटरसाईकल १ थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
