कैलालीमा दुई लाख बढीको अबैध सामान बरामद

Nisharg hospital
krishi add

धनगढी । कैलालीमा दुई लाख बढीको अबैध सामान बरामद गरिएको छ ।

swostik

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र बैयाबेहडी, धनगढी उपमहानगरपालिका–३ मिलनचोक र ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका–९ बटनपुर र पायलगाउँ र भजनी नगरपालिका–८ सोनाफाँटाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ४७ हजार ९९० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, सरफ, पास्ता, खुर्सानी, लेदर बेल्ट, बेल्टको कडा, टेन्ट सेट कपडा, साइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...