कञ्चनपुरमा तीन लाख बढीको अबैध सामान बरामद

lok8

धनगढी । कञ्चनपुरमा तीन लाख बढीको अबैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–९ जमुनाडी, कृष्णपुर नगरपालिका–३ देखतभुली, दोधारा चाँदनी नगरपालिका–१ फोर लाईन पुल नजिक र पुनर्वास नगरपालिका–१ भकुण्डाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३ लाख ५९ हजार ६३० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त मूल्य बराबरको प्याज, चिनी बिडी, सुर्ती, लेडिज कुर्ता, जेन्स टि–सर्ट, मिठाई, कुखुराको चल्ला, माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...