धनगढी । कैलालीको एक फर्निचर उद्योगबाट अवैध सालको काठ बरामद गरिएको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका – १५ बस्ने राजमती रानाले सञ्चालन गरेको राम फर्निचर उद्योगबाट सालको १ थान गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त फर्निचर उद्योगमा चेकजाँचका क्रममा टाँचा नलगाएको १ थान (२९ क्युफिट) सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त काठको मुल्य अन्दाजी ४२ हजार रहेको बताईएको छ । उक्त काठ आवश्यक प्रकृया पुरा गरी सव डिभिजन बन कार्यलय फुलबारीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।