धनगढी । कैलालीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका– ४ बागमारा पानीमा डुवेर स्थानीय १४ वर्षीय प्रान्जोल कार्कीको मृत्यु भएको हो ।
शनिबार साँझ बालकको खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानीको पोखरी भएको ठाउमा नुहाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
