
धनगढी । कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।

जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भई फरार रहेका टीकापुर नगरपालिका– १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
