कैलालीमा एक लाख बढिको अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । कैलालीमा एक लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

swostik

आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराह, धनगढी—४ बसपार्क, धनगढी—१० चकमेली घाट र जानकी गाउँपालिका—७ लट्कनियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ३३ हजार ३४० मुल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

kailali model

उक्त मुल्य बराबरको प्याज,चिनी, बिडी, अचार, मसला, सुर्ती, लेडिज सुट, अण्डरवेयर, गन्जी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...