कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

spa1
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका—२ राम जानकी मन्दिर नजिकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने १९ वर्षिय रमेश चौधरी र घोडाघोडी नगरपालिका—१ बस्ने २५ वर्षिय बिकास चौधरी पक्राउ परेका छन् ।

kailali model
swostik

उनिहरुको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोइन) बरामद गरिएको छ ।

adv khaptad

यसैगरी, टीकापुर नगरपालिका—१ रिगल चोकबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने २१ वर्षिय बिपिन साउँदलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

आइतबार तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...