माधव नेपाल सच्चिएको दिन सुदूरपश्चिम सरकारमा जान्छौँ : दल नेता रावल

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका कारण सरकारमा सहभागी नभएको जनाएको छ । सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा सार्वजनिक गर्न सोमबार एमाले प्रदेश संसदीय दलले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

Nisharg hospital

सोही पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले एकीकृत समाजवादीका अध्यक्ष नेपालको भूमिका कारण सरकारमा सहभागी हुन नसकेको दाबी गरेका हुन् । ‘माधव नेपाल खुट्टा उचालिरहेका छन् । हामी सरकारमा जाने तयारी ठिक्क परेका बेला उता फेरी खुट्टा उचालिहाल्नुहुन्छ,’ रावलले भने, ‘उहाँले खुट्टा उचाल्न छाडेर सच्चिएको दिन मात्र हामी सरकारमा जान्छौँ । उहाँ सच्चिएपछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् ।’

Samajik mantralaye

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले समेत एमालेलाई सरकारमा सहभागी गराउन कुनै भूमिका नखेलको उनको भनाई थियो । प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम भने राम्रो भएको बताउँदै रावलले सोहीअनुसार बजेट आउनेमा विश्वास व्यक्त गरेका छन् ।

एमालेले दिएको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम ल्याएको बताएका रावलले कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्ने बताए । एमालेकै सुझावका आधारमा ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन नभएको अवस्थामा भने सरकारमा नबस्ने चेतावनी समेत दिएका छन् ।

नीति तथा कार्यक्रमकै आधारमा अगामी वर्षको बजेट ल्याउनुपर्ने धारणा राखेका रावलले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भएको बताए । बिचौलियाको मागका आधारमा नभएर जनताको माग र आवश्यकतालााई ध्यानमा राखेर बजेट ल्याउनुपर्ने र बिचौलिया नियन्त्रण गर्न सरकारी संयन्त्रको परिचालन गरिनुपर्ने उनको भनाई थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...