धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका – ४ भालुफटा स्थित पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री स्थानीय नर बहादुर धामीको मृत्यु भएको हो ।

सोमबार साझ पुर्व देखि पश्चिम तर्फ आइरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका धामीको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भईरहेको छ ।
