एमाले धनगढी नगर कमिटि अध्यक्षमा बिष्ट विजयी

spa1
Nisharg hospital

धनगढी । नेकपा एमालेको धनगढी उपमहानगर कमिटिको अध्यक्षमा अम्बिका विष्ट मल्ल विजयी भएकी छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।

बिष्ट कमलसिंह राना र मदन रेग्मीलाई पराजीत गर्दै अध्यक्षमा विजयी भएकी हुन् । कुल खसेको सदर मतमध्ये बिष्टले १२८ मत पाएकी छन् भने अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत मात्रै प्राप्त गरे ।

kailali model
swostik

बिष्ट धनगढी उपमहानगरपालिका कमिटिको नेतृत्वमा पुग्ने पहिलो महिला समेत बनेकी छन् ।

adv khaptad

उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी विजयी भएका छन् । उपसचिवमा सरस्वती चन्द र जनक बुढा निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएको छ ।

कैलालीका १३ स्थानीय तह मध्ये ९ पालिकामा एमालेको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...