कैलालीमा चोरी मुद्दामा फरार महिलासहित ३ जना पक्राउ

Rojgar mela

धनगढी । कैलालीमा चोरी मुद्दामा फरार महिलासहित ३ जना पक्राउ परेका छन् ।

Nisharg hospital

जिल्ला अदालत कैलालीको फैसलाले  चोरी मुद्दामा २ वर्ष कैद सजाय ठहर भइ फरार रहेकी कैलालीको धनगढी उपमहानगरपालिका-२ बस्ने ३५ वर्षकी विमला खड्का पक्राउ परेकी छिन ।

त्यसैगरी चोरी मुद्दामै १ महिना कैद सजाय, ५ हजार रुपैयाँ जरिबाना ठहर भएका धनगढी-१३ बस्ने मोहन खाती र वन मुद्दामा ११ हजार ६८० रुपैयाँ जरिबाना ठहर भएका टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षिय महेन्द्र विक पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले जरिबाना ठहर भई फरार रहेका तीनै जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...