
धनगढीः कैलालीमा एक लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ ज्योति मार्ग र भजनी नगरपालिका– ८ खैराबाट अबैंध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ७५ हजार ९ सय दश मूल्यको अबैध सामान बरामद गरिएको छ।
उक्त मुल्य बराबरको चिनी, चिप्स, दात माझ्ने ब्रुस, हेडबिन, बेल पालिस, हातको बाला, मेकअप सेट, लकेट, औँठी रिंग, इनामेल, लिपिस्टिक, काँटा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
