
कञ्चनपुर । कञ्चनपुरमा तत्कालीन नेकपा माओवादीका लडाकु पूर्वजनमुक्ति सेना, सहिद, घाइते एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–३ नम्बर वडाले पूर्वजनमुक्ति सेना, सहिद एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो।
सोमबार कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पूर्वजनमुक्ति सेना, सहिद परिवार, घाइते र बेपत्ता योद्धाको महत्वपूर्ण भूमिका भएकाले सम्मानस्वरूप एक–एक उन्नत जातका बाख्रा प्रदान गरेर सम्मान गरिएको बताए।
वडाध्यक्ष चौधरीका अनुसार पूर्वजनमुक्ति सेना नौ, सहिद परिवार ६ र बेपत्ता एक परिवारलाई बाख्रा र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
