बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

Nisharg hospital

जिल्लाको शिवनाथ गाँउपालिका-५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको गाँउपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए ।

मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन् । उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत रहेकी बताइएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...