धनगढीमा सीजी मोटर्सले नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै र्‍याली निकाल्याे

धनगढी । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीव्युटर)ले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍याली

Nisharg hospital

निकालेकाे छ ।

नेपाल र नेपालीको स्वाभिमानलाई आईसीसी टी–२० विश्वकप क्रिकेटमार्फत विश्वभरी चिनाउने भूमिका खेल्ने नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन सीजी मोटर्सले  र्‍याली निकालेकाे जनाएको छ । ‘शुभकामना र्याली’ले खेलकुदमार्फत नेपाल र नेपालीहरुको सानलाई विश्वभरी पुर्याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको छ ।

आईसीसी टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्याली काठमाडौं लगायत देशका अन्य स्थानहरुमा पनि सम्पन्न गरिएको छ ।

नेपालभर हिरो ब्राण्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरुमा पनि शुभकामना र्यालीको सम्पन्न भएको छ ।

धनगढी चाैराहस्थित दिउँसो साढे ५ बजे सीजी मोटर्सको हिरो ब्राण्डको सोरुम विशेष अटोमोबाइल्स प्रालीबाट र्याली सुरू भएकाे थियोे ।

र्याली चौराहा, मेनरोड रातोपुल, एल एन चोक हुँदै क्याम्पस रोड, रिङरोड, हसनपुर, चटकपुर सहिदगेट हुँदै पुन: सोरुममा  पुगेर समापन भएको छ ।

र्यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी भएका थिए । र्यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरु हिरो ब्राण्डका रहेका थिए।

Samajik mantralaye

खेलकुद मार्फत नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरी चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उनीहरूको मेहनतको कदर गर्न सबैले आह्वान समेत गरेका थिए ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले  आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ ।

सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ ।

सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।

जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुँदै आइरहेका छन् ।

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ ।

यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...