धनगढी आइरहेको जिप डाेटीमा दुर्घटना :२ जनाकाे मृत्यु, ७ घाइते

धनगढी । दार्चुलाबाट धनगढी आइरहेको जिप बिहान डाेटीमा दुर्घटना हुँदा बालिकासहित दुई जनाकाे मृत्युु भएकाे छ ।

Nisharg hospital

बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जाेरायल गाउँपालिका-१ खडिनामा
सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परेर जिपमा सवार महिलाकाे घटनास्थलमै मृत्युु भएकाे हाे भने बालिकाकाे उपचारका क्रममा मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

Samajik mantralaye

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घटनास्थलमै मृत्युु भएकी महिलाको सनाखत हुन सकेकाे छैन् ।

घाइते अवस्थामा धनगढी पुगाइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी दुई वर्षीया छाेरी रितिकाकाे निर्सग हस्पिटलमा उपचारका क्रममा मृत्युु भएकाे हाे ।

मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् । यस्तै दुर्घटनामा जिप चालक बैतडीकाे डिलासैनी गाउँपालिका -५ का १९ वर्षीय बासुदेव नाथ,  दार्चुलाकाे लेकम गाउँपालिका- ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका- ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी- ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका -४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।

उनीहरूकाे उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेकाे प्रहरीले जनाएको छ ।जिप दुर्घटनाको कारण भने खुलेकाे छैन  ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...