धनगढीमा ऐश्वर्य क्याम्पसका प्राध्यापक र विद्यार्थीद्धारा सरसफाई

lok8

धनगढी । विश्व वातावरण दिवसको अवसरमा धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

Nisharg hospital

बहुमुखी क्याम्पसले बुधबार परेको विश्व वातावरण दिवसको अवसरमा अतिरिक्त क्रियाकलाप अन्तरगत सरसफाई कार्यक्रम गरेको हो ।

सो क्रममा डिभोटी होटलदेखि पिपल चौतारासम्मको सडक र दुवैतिरका पेटीमा भएको फोहोर संकलन गरि व्यवस्थापन गरिएको क्याम्पसले जनाएको छ ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख धर्मदेव भट्ट, क्याम्पस सहायक नरेश पन्त, एमबीबीएस कार्यक्रम निर्देशक लिलाधर सापकोटा, व्यवस्थापनका विभागीय प्रमुख टेकबहादुर अधिकारी, उपप्राध्यापक मुकेश चन्द लगायतको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा व्यवस्थापन संकायको स्नातकोत्तर तहका विद्यार्थी, स्ववियु पदाधिकारी र अन्य कर्मचारीको समेत सक्रिय सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमका संयोजन अतिरिक्त क्रियाकलाप संयोजक समेत रहेका क्याम्पसका सहप्राध्यापक नारायण अवस्थीले गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...