धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।


बुधबार साँझ करीब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका–४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए । बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
अहिले ईलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।
