बालिकामाथि बलात्कार प्रयास गर्ने पुलिसका इन्सपेक्टर पक्राउ

spa1
Nisharg hospital

काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् ।

swostik

एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार बलात्कार प्रयास गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

kailali model

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो ।

adv khaptad

महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...