कैलालीमा एक लाख बढिको अवैध सामान बरामद

panchodaye

धनगढी । कैलालीमा एक लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

Nast college

बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक धनगढी—७ मनेहरा पेट्रोल पम्प नजिक र धनगढी—१० सिमल घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७ हजार ६ सय मुल्यको अवैध सामान बरामद गरिएको हो ।

Nisharg hospital

उक्त मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...