
धनगढी । कैलालीमा एक महिलासहित ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरीवाना ठहर भएका मोहन्याल गाउँपालिका—७ कुईने बस्ने ५७ वर्षिय कर्ण बहादुर कामी, चेक अनादर मुद्दामा २ हजार जरीवाना ठहर भएकी टीकापुर नगरपालिका—२ बस्ने ३३ वर्षिय बेला शाही थापा, ज्यान मुद्दामा २ बर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरीवाना ठहर भएका लम्की चुहा नगरपालिका—१ बस्ने २६ वर्षिय राजन चौधरी र लागू औषध मुद्दामा १ महिना कैद सजाय ठहर भएका लम्कीचुहा नगरपालिका—१ बस्ने ४८ वर्षिय सुरेश शाही रहेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
