धनगढी । दार्चुलामा भान्सार छलिका अवैध सामानसहित एक जना पक्राउ परेका छन् ।

जिल्लााको महाकाली नगरपालिका—४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ३ हजार ७५ मुल्य बराबरको सामान बरामद गरिएको हो ।
बिहीबार उक्त गोदामबाट चिनी, मैदा, आटा, चामल, पशु आहार लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेको अवैध सामानसहित गोदाम संचालक व्यास गाउँपालिका—६ बस्ने तोयराज भट्टलाई नियन्त्रणमा लिई भन्सार कार्यालय दार्चुलामा बुझाएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
