धनगढी । कैलालीमा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका—८ मा रहेको कालाखोलामा डुबेर डडेल्धुराको अमरगढी नगरपालिका—२ कारीगाउँका अन्दाजी २६ वर्षीय प्रतीक पन्तको मृत्यु भएको हो ।
शुक्रबार(आज) दिउँसो ६ जना साथीहरुसँगको समूहमा नुहाउन गएका उनको नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको शव नदीबाट निकालि सकेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।