बैतडीमा एक पुरुष मृत फेला

Rojgar mela

बैतडी ।  बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।

Nisharg hospital

दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० बर्षीय तिखुरे खत्री बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।

उनको शव शुक्रबार साँझ ७ बजेतिर फेला परेको हो । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलिले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...