धनगढी । कैलालीको अत्तरियामा रहेको एक पसलमा आगलागी भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका – १ धनगढी रोडमा नैन सिंह कार्कीले सञ्चानल गरेको सिताशक्ति ट्रेड लिंक हार्डवेयरको गोदाममा आगलागी भएको हो ।
शुक्रबार राति भएको आगालागीबाट ८० लाख बढीको क्षती भएको ईलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीले जनाएको छ ।
आगो स्थानीय, प्रहरी र गोदावरी नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।