
धनगढी । कैलालीमा लागुऔषध मुद्दामा फरार एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका – ८ बुद्धचोककी २२ वर्षिया मेनुका बुढा वलीलाई कैलाली प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
वलीलाई जिल्ला अदालत कैलालीले लागु औषध मुद्धामा ४ महिना कैद र १० हजार रुपैया जरिवाना तोकेको थियो ।

त्यसपश्चात फरार रहेकी उनलाई धनगढी उपमहानगरपालिकाकै वडा नं. ७ मनहेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
