कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका अबैध सामान बरामद

panchodaye

धनगढी । कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Nast college

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड, ब्यारेल र बैयाबेहडी, धनगढी उपमहानगरपालिका–४ सञ्चय कोष कार्यालय नजिक, भजनी नगरपालिका–५ दुदुवाफाटा, टीकापुर नगरपालिका–८ झुगा र टीकापुर नगरपालिका–९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५९  हजार ८१० मूल्य बराबरको सामान बरामद गरिएको हो।

Nisharg hospital

उक्त मुल्य बराबरको प्याज, चिनी, दाल, मटर, सुर्ती, बिडी, चप्पल, जुत्ता, लाईटर, साबुन, सरप, कुर्ता सुरवाल, लेडिज साइड ब्याग, पानीपुरी, पास्ता लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...