
धनगढी । धनगढीमा झुन्डिएको अवस्थामा भेटिएका एक बालककाे मृत्यु भएकाे छ ।

शनिबार दिउँसो आफ्नै घरकाे काेठाकाे पंखामा धनगढी उपमहानगरपालिका -३ का १३ वर्षीय विष्णु फुलारा झुन्डिएको अवस्थामा भेटिएका थिए ।
बुवाआमाले देेखेपछि तत्काल पासाे काटेर अस्पताल पुगाएका थिए तर चिकित्सकले उनलाई मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बाेहराले जानकारी दिए ।

उनकाअनुसार घटनाको अनुसन्धान जारी छ ।
