कैलालीमा एक लाख बढिका अवैध सामान बरामद

Seti
arth ok

धनगढी । कैलालीमा एक लाख बढिका अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

शनिबार जिल्लाको धनगढी उपमहाननगरपालिका—२ ट्राफिक चौराहा, धनगढी—५ एक्सिस स्कुल नजिक र तारानगर, धनगढी—१२ “बि”गाँउ र भजनी नगरपालिका—३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख १० हजार ८ सय मुल्यको अवैध सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको प्याज, चिनी, सुर्ती, मोबाइलका व्याट्री, ग्लास, चार्जर, कभर, कुर्ती सेट, टिसर्ट, कुर्ता सुरवाल, कट्टु, सरप, साबुन, स्याम्पु, थान कपडा, मुभिल, सुजी, बेसन, माछा मार्ने जाली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...