धनगढी । कैलालीमा लागूऔषधसहित तिन जना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका—५ गेटाबाट ५१० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका—२ बस्ने २५ वर्षिय हेमन्त कार्की पक्राउ परेका छन् ।
यस्तै, टीकापुर नगरपालिका—१ खडेनाबाट २९० मिलिग्राम लागूऔषधसहित १९ वर्षिय निराजन सिंह र टीकापुर—१ बल्क नम्बर १८ बाट बिशेष सुचनाको आधारमा शरिर र घर कोठा खानतलासि गर्दा सोही ठाउँ बस्ने १८ बर्षिय किशोर ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।
तिनै जनालाई शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।
