अछाममा एक घरमा आगलागी

lok8

धनगढी । अछाममा एक घरमा आगलागी भएको छ ।

Nisharg hospital

शनिबार जिल्लाको रामारोसन गाउँपालिका—५ सल्लीसैन दासबाँडा बस्ने जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा जडान रहेको बिजुलिको सर्भिस तार सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा घरभित्र रहेका सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी अन्दाजी १ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...