बझाङमा एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी

बझाङ । बझाङमा एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ ।

Nisharg hospital

जिल्लाको खप्तडछान्ना गाउँपालिका–१ स्थित गोठखोला सामुदायिक वनमा शनिबार दिउँसो लागेको आगो फैलिएर स्थानीय डवल भण्डारी, सुनिल भण्डारी र भीम भण्डारीको संयुक्त लगानीमा बनेको कालीका लाङा बहुउदेश्यीय कृषि तथा पशुपंक्षी फर्ममा नोक्सानी पुगेको छ।

आगलागीबाट स्याउ, सुन्तला, मौसम, दांते ओखर लगायतका विभिन्न बिरुवा समेत जलेर नष्ट भएको छ।

वनमा संकलन गरेर राखिएका करिब २ सय ५० टिनको डिब्बा सल्लाको खोटो समेत जलेर नष्ट भएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...