धनगढीको नगर प्रमुख शैक्षिक सुधार कोषमा एनएमबी बैंकद्धारा साढे ५२ हजार सहयोग

Nisharg hospital

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न भनेर स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

विपन्न बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार्न भनेर स्थापना गरिएको सो कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्दै आएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सोहि क्रममा निजी क्षेत्रको एनएमबी बैंक धनगढी शाखाले पनि ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेको छ। विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकले आइतबाबार ५२ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १० जना बालबालिकाका लागि पोसाक खरिद गर्न सहयोग गरेको हो। धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ ।
ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो। कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाइ छ।

कोषमा यसअघि काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख र हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार ५००, माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार रुपैयाँँ सहयोग गरेका थिए। त्यसैगरी, प्रभु बैंक धनगढी शाखाले ५२ हजार ५०० र भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पाँच लाख २५ हजार रुपैयाँ विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारका लागि भनेर सहयोग गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...