
डडेलधुरा । डडेलधुरामा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन् । उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।
घाइते हुनेमा डडेलधुराको परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
