बझाङमा सशस्त्रका जवानकाे मृत्युु, सेती छेउमा बेहाेस भएका थिए

Dhangadhi

धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्दारकाे नमूना अभ्यास गर्ने क्रममा बेहाेस भएका सशस्त्र प्रहरी जवानकाे मृत्युु भएकाे छ ।

Nisharg hospital

साेमबार बिहान सेती नदीस्थित नेपाली सेनाकाे बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्दार सम्बन्धी नमूना अभ्यास गर्ने क्रममा बेहाेस भएका सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

धामी सशस्त्र प्रहरीकाे अनआश्रीत गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणकाे उद्दार सम्बन्धि नमूना अभ्यास गराइरेकाे थियाे ।

ok

साेही क्रममा बेहाेस् भएका उनकाे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएकाे बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरत शाहले जानकारी दिए ।

धामीकाे मृत्युुकाे कारण भने खुलेकाे छैन ।
घटनाबारे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...