बझाङ । बझाङमा यार्सागुम्बा संकलन गर्ने क्रममा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् ।

जिल्लाको साइपाल गाउँपालिका-१ का २० वर्षीय लक्ष्मण धामी यार्सागुम्बा संकलन गर्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका हुन् ।
आइतबार बिहान साइपालको बाटुलसेरामा यार्सागुम्बा संकलन गर्न गएका उनी बाटुलसेरा भिरबाट लडेर गम्भीर घाइते भएका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र धामीले बताए । उनलाइ सो भिरबाट स्थानीयले हिजो राती निकालेका थिए ।
उनको उपचारका लागि हेलिकोप्टरको पहल भइरहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए ।
