कञ्चनपुरमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

Nisharg hospital

जिल्लाको बेलौरी नगरपालिका-८ पचुई खप्टिनालाबाट भारत उत्तर प्रदेश जिल्ला पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंह पक्राउ परेका हुन् ।

उनलाई आइतबार राति पैदल हिँडिरेहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ४.०९ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रदेश प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...