धनगढी । कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका-११ भीमबस्तीबाट अन्दाजी २ लाख ८२ हजार ४५० मूल्यको अवैध काठ बरामद गरिएको हो ।
आइतबार ६ गोलिया (५६.४९ क्युफिट) अवैध सालको काठ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी सब डिभिजन वन कार्यालय पचकडियाको जिम्मा लगाएको जनाएको छ ।