सुदूरपश्चिम माओवादीमा भाँडभैलाे, मन्त्रीकाे सपथ राेक्न बैठक बाेलाइएपछि भट्टले नेतालाई भने-हुतिहारा !

Rojgar mela

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भाँडभैलाे मच्चिएकाे छ ।

Nisharg hospital

माओवादी केन्द्रमा प्रदेश सरकार विस्तारकाे मुखैमा आएर भाँडभैलाे मच्चिएको हाे ।

माओवादीबाट आज प्रदेश सभा सदस्य ओमबिक्रम भाटले सामाजिक विकास मन्त्री, अक्कल रावल र लक्ष्मी बिकले बिना विभागीय मन्त्रीकाे सपथ ग्रहण गरेका छन् ।

तर उनीहरू राेक्ने प्रयास अन्तरगत नेता खगराज भट्टकाे नेतृत्वमा पाँच जना सांसदले त मुख्यमन्त्री दीर्घबहादुर साेडारीलाई पत्र नै बुझाएका थिए ।

तर पत्रले सिन्काे पनि भाच्न सकेन । फलत: संसदीय दलका नेता मानबहादुर धममीकै सिफारिसअनुसार उनीहरू मन्त्री भए ।

उनीहरू राेक्न माओवादी सुदूरपश्चिम कमिटिले बैठक समेत बाेलाएकाे खुलेकाे छ तर प्रयास सफल नहुने देखिएपछि प्रदेश कमिटि पछि हटेकाे थियो ।

बिना कारण बैठक बाेलाएर बिना कारण स्थगित भएकाे भन्दै प्रदेश कमिटि सदस्य चन्द्रकान्त भट्ट (सिके) ले सार्वजनिक प्रश्न गरेका छन् ।

“ने.क.पा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश  समितिको बैठक प्रदेश समितिको गठन भएदेखि हालसम्म  कार्यकाल समाप्ति हुँदासम्म एक पटक पनि पूर्ण बैठक नबसेको आम माओवादी पार्टीका कार्यकर्ता र नेतालाई अवगत नै छ,”भट्टले लेखेका छन् ,”के कारणले बैठक डाकियो के कारणले स्थगित भयो ? यति त बुज्ने अधिकार होला नि मेरो पनि  हुतिहारा नेता कमरेड ?”

माओवादी सुदूरपश्चिमका नेता मन्त्रीहरूकाे सपथ ग्रहणमा समेत नदेखिनुले समेत गुटगत राजनीति छताछुल्ल भएकाे छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...