
धनगढी । कैलालीमा कुखुरा फर्म र गोठमा आगलागी भएको छ ।

सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका—१२ “D” गाउँ बस्ने ५२ वर्षिय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी मुल्य ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीबाट मानबीय तथा चौपाया क्षति भने भएको छैन् । स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, सोमबार नै जानकी गाउँपालिका—५ पथरैया बस्ने ३९ वर्षिय चक्र भुलको काठको कच्ची गोठमा बिजुलीको तार सट भई आगलागी भएको हो ।
आगलागी हुँदा गोठभित्र रहेका अन्नपात,काठ लगायतका सामानहरु गरी अन्दाजी ८३ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।
